प्रधानन्यायाधीश राउतद्वारा थापाथलीमा छठीमाईको पूजा

प्रधानन्यायाधीश राउतद्वारा थापाथलीमा छठीमाईको पूजा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले थापाथली पुगेर छठीमाईको पूजा गरेका छन् ।

सोमबार छठ पर्वको मुख्य दिन प्रधानन्यायाधीश राउतले थापाथली पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठीमाईको पूजा गरेका हुन् ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना गरेका थिए । छठ पर्वका अवसरमा सोमबार अस्ताउँदो सूर्यको पूजा गरी अर्घ्य दिन काठमाण्डुका विभिन्न पोखरी र नदी किनारका छठ घाट भव्य रूपमा सजाइएको छ ।

प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथली लगायत काठमाण्डु उपत्यकाका अन्य स्थानमा पनि भव्य रूपमा मनाउने गरिन्छ ।