मकवानपुर–१ : रास्वपाका गौतमको अग्रता

मकवानपुर–१ : रास्वपाका गौतमको अग्रता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ मा जारी मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ ।

सिद्धार्थ माध्यमिक विद्यालय मतदान केन्द्रका विभिन्न बूथको मतगणना अनुसार घण्टी चुनाव चिह्नबाट प्रतिस्पर्धा गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश गौतमले १ हजार ८५४ मत प्राप्त गर्दै अग्रता लिएका छन् ।

निर्वाचन आयोगका अनुसार सूर्य चुनाव चिह्नबाट प्रतिस्पर्धा गरेका रामेश्वर राना मगरले २९१ मत प्राप्त गरेका छन् । रुख चुनाव चिह्नकी उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) ले ६६२ मत प्राप्त गरेकी छन् ।

हलो चुनाव चिह्नका दिपकबहादुर सिंहले ३१२ मत प्राप्त गरेका छन् । अन्य उम्मेदवारमध्ये मादल चुनाव चिह्नका रंजना सुवाल मगजुले २ मत प्राप्त गर्दा ढल्केको छाता चिह्नका रुपक लामाले खाता समेत खोलेका छैनन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ११५ बदर मत समेत रहेको छ भने मतगणना कार्य जारी छ ।