नुवाकोट क्षेत्र नम्बर १ मा कांग्रेस उम्मेदवार महतको अग्रता

नुवाकोट क्षेत्र नम्बर १ मा कांग्रेस उम्मेदवार महतको अग्रता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नुवाकोट क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाश शरण महतले ७१८ मतले अग्रता कायम गरेका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत नुवाकोट क्षेत्र नम्बर १ मा मत गणना जारी छ ।

हाल सार्वजनिक भएको नतिजाअनुसार डा. प्रकाश शरण महतले ८ हजार १९ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी रास्वपाका विक्रम तिमल्सिनाले ७ हजार ३६३ मत प्राप्त गरेका छन् ।

उनी महतभन्दा ७१८ मतले पछाडि रहेका छन् । त्यसैगरी नेकपाका हितबहादुर तामाङले ६ हजार ३२८ मत प्राप्त गरेका छन् ।