शाखु दुर्घटनामा घाइते भएका नगरकोटीको मृत्यु, ठक्कर दिएर भागेका भुजेल पक्राउ

शाखु दुर्घटनामा घाइते भएका नगरकोटीको मृत्यु, ठक्कर दिएर भागेका भुजेल पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–  दुर्घटना गराएर फरार भएका झाँक्री प्रकाश भुजेल पक्राउ परेका छन् ।

बुधबार दिउँसो सवा १ बजेतिर शंखरापुर नगरपालिका ९ स्थित शाखु–थली सडकखण्डमा भुजेलले चलाएको बा १९ च २६९५नम्बरको कारले सोही दिशातर्फ आउँदै बा प्र ०२–०१८ प ६८७५ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट घाइते भएका काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका २ आलापोटका अन्दाजी ३८ वर्षीय नारायण नगरकोटीको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । नगरकोटी कागेश्वरी मनोहरा २ आलापोट नेकपा माओवादी केन्द्रका सचिव हुन् ।

ठक्करबाटर मोटरसाइकलको पछाडी बसेकी उनकी श्रीमती अन्दाजी ३२ वर्षीया किसानुमाया नगरकोटी को भने सोहि अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

भुजेलले प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् । हाल उनी प्रहरी वृत्त बौद्धको नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।