जनतालाई ठगेर धेरै दिन सत्ता चल्छ भन्नु सपना होः प्रकाशचन्द्र लोहनी

जनतालाई ठगेर धेरै दिन सत्ता चल्छ भन्नु सपना होः प्रकाशचन्द्र लोहनी


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले अर्थमन्त्री डा. युवराज खतिवडाको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका छन् ।

डा. लोहनीले बुधबार सामाजिक सञ्जालमा अर्थमन्त्री डा. खतिवडाल राजस्वले खर्च नधान्ने बताए पनि सांसद विकास कोषको रकम नकाटेको भन्दै आपत्ति जनाएका हुन् ।

‘अर्थमन्त्रीले राजस्वले खर्च नधान्ने भनेका छन् । उनको चिन्ता जायज छ । तर यस्तो हुन्छ भन्ने देख्दा पनि संसदलाई दिने अरबौ रकम किन नकाटेको ?’, उनले प्रश्न गरेका छन् ।

त्यस्तै उनले सरकारले तालिम, गोष्ठी र भैपरी आउने थुप्रै शीर्षकमा पोहोरभन्दा खर्च बढाएको भन्दै आसन्तुष्टी व्यक्त गरेका छन् ।

‘अझ तालिम गोष्ठी, भैपरी आउने , र शीर्षक नाखुलाएका थुप्रै शीर्षकमा पोहोर भन्दा खर्च धेरै बढाएको छ देशमा संकट छ भन्ने तर खर्चमा भने कुनै लगाम नराख्ने नीति आपत्तिजनक र गैरजिम्मेवारी हो । भन्ने एउटा र गर्ने अर्को यो सरकारको विशेषता भएको छ । तर जनतालाई ठगेर धेरै दिन सत्ता चल्छ भन्नु अर्को सपना हो’, उनले भने ।