काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री पदबाट आफूलाई हटाउन प्रम केपी शर्मा ओली आफै प्रधानमन्त्री ओलीले कस्सिएर लागेको बताएका छन् ।
डा लोहनीले आइतबार प्रधानमन्त्रीले आफूलाई पदबाट हटाउन खोजेको अभिव्यक्ति दिएपछि यस्तो जवाफ दिएका हुन् ।
अध्यक्ष लोहनीले श्री ३ शैलीको अधिनायकवादी र सर्वसत्तावादी संस्कार, भ्रष्टाचारलाई राजनीति को प्रमुख अंग सम्झने प्रवृत्ति र आफ्ना भारदारहरुलाई देश जति लुटे पनि लुट्न भने र छुट दिने प्रधानमन्त्रीको नव सामन्ती प्रवृत्तिका कारण विरोध भइरहेको बताएका छन् ।
त्यस्तै अध्यक्ष लाहनीले प्रधानमन्त्रीका शुभ चिन्तकहरु पनि ओलीबाट देश चल्दैन भन्ने निचोडमा पुगिसकेका छन् ।
‘विदेशी र स्वदेशी मिलेर नेपालको नयाँ नक्सा जारी गरे बापत तपाईंलाई हटाउने प्रयास हुँदैछ भन्ने तपाईंको आरोप पढियो । तपाईंको विश्लेषण गलत छ किनभने तपाईंलाई हटाउन तपाईं आफै कसिएर लाग्नुभएको छ, एकपटक शान्त भएर आफूले आफूलाई हेर्नुस् थाहा पाउनुहुनेछ’, उनले भने ।
त्यस्तै उनले सांसदहरुमा देशभक्ति भावना नभएको भए संसदबाट सीमासम्बन्धि प्रस्ताव निर्विरोध पारित नहुने बताएका छन् । प्रधानमन्त्रीले आफू बाहेक अरुलाई देशभक्त छैनन् भन्नु गलत भएको बताउँदै लोहनीले ओलीले नेपाली जनताको अपमान गरेको बताएका छन् ।
‘ठीक कुरामा जनता र दलहरुले तपाईंलाई सधैँ साथ दिएका छन् । तपाईंले भद्र–भलादमी प्रतिपक्ष पाउनुभएको छ । नयाँ नक्साको बारेमा तपाईंको पार्टी र अन्य सबै पार्टी तथा आम नेपाली जनताले तपाईंलाई साथ दिएका छन् । विचार गर्नुस्, कुनै विदेशी को मुख हेरेको भए यो एकता सम्भव हुने थिएन,’ उनले लेखेका छन्, ‘संसदबाट सीमासम्बन्धि प्रस्ताव निर्विरोध पारित हुने थिएन । यो देख्दादेख्दै अरुलाई बिदेशीबाट सञ्चालित भन्नु तपाईंबाहेक अरु कोहि नेपालमा देसभक्त छैनन् भन्नु हो । यो भनाइ ले तपाई सबै नेपाली जनता को अपमान गर्दै हुनुहुन्छ । आफूबाहेक अरु सबैलाई विदेशी बाट संचालित छन् भन्ने दृष्टिकोण तपाईंको कम्जोर र हतास मनस्थिति को परिचय हो ।’




प्रतिक्रिया