नेकपाले राष्ट्रपति पदको दुरुपयोग गर्योः प्रकाशचन्द्र लोहनी

नेकपाले राष्ट्रपति पदको दुरुपयोग गर्योः प्रकाशचन्द्र लोहनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मुलुकको गरिमामय संस्थाको रुपमा रहेको राष्ट्रपति पदको नेकपाले दुरुपयोग गरेको आरोप लगाएका छन् ।

नेकपाको आन्तरिक पार्टी झगडामा राष्ट्रपति जस्तो ब्यक्तिले कुनै एकपक्षका नेतालाई पदको आश्वासन दिइएको खबरले आफू लज्जित भएको बताएका छन् ।

अध्यक्ष लोहनीले भनेका छन्, ‘यदि यो खबर सत्य हो भने ‘रास्ट्रपति कार्यालय बाट यसको खण्डन भएको छैन’ यो राष्ट्रका लागि दुर्भाग्यपूर्ण हो र जनता माथिको ठूलो खेलबाड पनि हो । यस्ता क्रियाकलापले रास्ट्रपति पदको गरिमा र मर्यादामा ठुलो हानी भएको छ।’

त्यस्तै उनले राष्ट्रपतिले आफ्नो गरिमामय पदको मर्यादा बिर्सेर पार्टी कार्यकर्ता जस्तो काम गरे देशलाई ठुलो नोक्सान हुने बताए । उनले भनेका छन्, ‘यद्यपि त्यो तुरुन्त देखिदैन ।’