अब जनता नउठी भएनः अध्यक्ष लोहनी

अब जनता नउठी भएनः अध्यक्ष लोहनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सत्याग्रही युवाहरूको माग सम्बोधन नगरेर सरकारले गल्ती गरीरहेको बताएका छन् ।

कुनै आँखा रोग लागेको कारण नेपाल सरकारले जनमत कदर नगरेको उनको भनाइ छ ।

‘अब जनता नउठी भएन,’ राप्रपाका अध्यक्ष लोहनीले भने, ‘बसन्तपुरमा अनसन बसीरहेका युवाहरूको मागलाई कुन आँखा रोगको कारण नेपाल सरकारले देखिरहेको छैन ?’

कोभिड–१९ को सबल व्यवस्थापन माग गर्दै जारी इनफ इज इनफ अभियानप्रति ऐक्यवद्धता जाहेर गर्दै राप्रपाले गत बिहीबार प्रदर्शन गरेको थियो । बसन्तुपर डबलीमा सम्पन्न कार्यक्रमको दौरान सत्याग्रहीको जीवन रक्षा गर्न, युवा अभियन्तासँग सरकारले गरेको सहमति पूरा गर्न राप्रपाले सरकारको ध्यानाकर्षण गरेको थियो ।

युवा अभियन्ता ईःको सत्याग्रह आज १६ औं दिनमा प्रवेश गरेको छ । ईःसँगै समैरा श्रेष्ठले यस अघि ९ दिन र करण गुरुङले ७ दिन बिना खाना पानी सत्याग्रह गरेका थिए ।