काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सरकारले दुःखमा परेका जनतालाई साथ नदिने घोषणा गर्नु लज्जाको विषय भएको बताएका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत अध्यक्ष लोहनीले सरकारले सर्वोच्च अदालतको आदेश अवहेलना गर्नु संविधान विपरित भएको बताएका छन् ।
‘जनतालाई परेको दुःखमा साथ नदिने घोषणा गर्ने वर्तमान सरकारको निणर्यले सर्वोच्च अदालतको आदेशको अपहेलना गरेको छ र यो नेपालको संविधानको समेत विपरित छ’, उनले भनेका छन् ।
अध्यक्ष लोहनीले देशमा कोरोनाको माहामारीले जनता आतङ्कित भएको समयमा ‘समाजवाद उन्मुख’ भनि दावी गर्ने सरकारले जनता प्रति देखाएको उपेक्षा लज्जास्पद र दुर्भाग्यपुर्ण भएको बताएका छन् ।
‘सत्तामा रहने पदाधिकारीहरु विरामी हुँदा सबै खर्च गर्न र आफ्ना अनुयायीहरु लाई औषधी खर्चको नाममा करोडौं उपलव्ध गराउन सरकार तयार हुने तर आम जनतालाई पीडा हुँदा सरकार पन्छिने यो नयाँ नीतिको राप्रपा भत्सर्ना गर्दछ र सरकारलाई आफ्नो जिम्मेवारी पुरा गर्न माग गर्दछ’, उनले भनेका छन् ।




प्रतिक्रिया