अग्रगामी भन्नेहरुले पृथ्वीनारायण शाहका नीति उपेक्षा गरेः अध्यक्ष लोहनी

अग्रगामी भन्नेहरुले पृथ्वीनारायण शाहका नीति उपेक्षा गरेः अध्यक्ष लोहनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले पृथ्वीनारायण शाहका नीति र अभिव्यक्तिहरुलाई उपेक्षा गरिएको बताएका छन् ।

सोमबार पृथ्वीजयन्तीको अवसरमा नुवाकोटमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष लोहनीले आजका अग्रगामी भन्नेहरुले उपेक्षा गरेर देशलाई कमजोर बनाउनुका साथै अन्तर्राष्ट्रिय क्रिडास्थलमा परिणत गरि राष्ट्रको अखण्डता र स्वतन्त्रतासंग खेलबाड गरिरहेको बताएका छन् ।

उनले भने, ‘राष्ट्र निर्माता पृथ्वीनारायण शाह राष्ट्रिय एकताका प्रवर्दक, उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति नेपालको आफ्नो मौलिक स्थानीय संस्कृतिका संरक्षक नेपाली भु-राजनीति परिवेशमा सन्तुलित परराष्ट्र नीतिका श्रृजनाकार तथा नेपालका राष्ट्र निर्माता हुन र जनता लाइ सुशासनको अनुभुति गराउन घुस लिन्या र दिन्या दुवै नेपाली जनताका सत्रु हुन र उनीहरुको सम्पति जफत गर्न पर्छ भन्ने उनक‍ो उपदेश आजको समयमा सुशासनको प्रमुख आधार हुने स्पष्ट छ’, उनले भने ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले गुटगत स्वार्थलाई लिएर गरेका असंवैधानिक कदमको विरोध गरेका छन् ।

सभालाई राप्रपा नुवाकोटका अध्यक्ष कुल वहादुर खड्गी,केन्द्रीय सदस्य झनक प्याकुरेल, जनक राज पाठक,दिपक राई,राजु लोहनीलगायतले सम्वोधन गरेका थिए ।