मजदुरका लागि विशेष प्याकेज ल्याउन सरकारसँग राप्रपा अध्यक्ष लोहनीको माग

मजदुरका लागि विशेष प्याकेज ल्याउन सरकारसँग राप्रपा अध्यक्ष लोहनीको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाश चन्द लोहोनीले कोरोनाका भाईरसविरुद्ध सरकारले चालेका कदम पूर्ण रुपमा कार्यान्वयन गर्न नागकिरहरुलाई सुझाव दिएका छन् । कोरोनाबिरुद्ध लड्न आठ सुझाब दिँदै उनले विदेशमा रहेका नेपालीहरुबारे सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

त्यस्तै अध्यक्ष लोहनीले देश भित्र तथा सहरी क्षेत्रमा रहेका मजदूरहरु रिक्सा चालक , असंगठित क्षेत्रमा कम गर्ने कामदारहरुको लागि कार्यक्रम तयार गर्न माग गरेका छन् ।

‘कृषिसँग जोडिएका उद्योग र ब्यवसायहरु, जस्तै डेरी, कुखुरा उत्पादन, दाना उत्पादन , तरकारी उत्पादन आदिलाई कसरी बचाउने भन्नेबारे कार्यक्रम तयार गरियोस’, उनले भनेका छन्, ‘पर्यटन उद्योगलाई कमसेकम एक वर्षसम्म सहुलियतको व्यवस्था गरियोस् ।’

यो लडाई सम्पुर्णको लडाई भएकोले सरकराले कुनै कसर नराखी अगाडी बढ्नका साथै जनताले सरकार झुटो बोल्दैन र भ्रस्टाचार गर्दैन भन्ने बिश्वास हुने काम गर्नुपर्दछ । भ्रस्टाचार,कालोबजारी तथा अनमियता र ढिलासुस्ती देखिए कानुनी कार्बाही समेत गर्नुपर्ने सुझाब दिएका छन् ।