प्रधानमन्त्री अ‍ोलीको अधिनायकवादी चिन्तनलाई तत्काल नियन्त्रण गर्नुपर्छः अध्यक्ष लोहनी

प्रधानमन्त्री अ‍ोलीको अधिनायकवादी चिन्तनलाई तत्काल नियन्त्रण गर्नुपर्छः अध्यक्ष लोहनी


सिराहा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वर्तमान राजनैतिक अन्योल सर्वोच्च अदालतले गर्ने उचित निर्णय मार्फत मुलुकलाई राजनैतिक रुपमा स्थायीत्व दिने ऐतिहासिक अवसर आएको बताएका छन् ।

पार्टीको जिल्ला स्तरिय कार्यकर्ता भेलालाई सम्वोधन गर्न सिराहा पुगेका डा. लोहनीले मुलुकलाई अँध्यारो दिशातर्फ धकेल्न संविधानमा कतै नभएको धारा प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले राजनैतिक संकट निम्त्याएकाे बताएका छन् ।

‘यहि कारण उत्पन्न दलहरुको अहिले एकअर्काप्रतिको नकारात्मक टिप्पणीलाई नेपाली जनताले अब सहँदैनन् । कुशासन, भ्रष्टाचार र राज्यको सम्पत्तिमाथिको लुटले मुलुक अस्तव्यस्त भएको छ । जनजिविकाका सवै प्रश्नहरु प्रति यतिबेला गौण भए’, उनले भने ।

अध्यक्ष लोहनीले प्रधानमन्त्री अ‍ोलीको अधिनायकवादी चिन्तनलाई तत्काल नियन्त्रणको आवश्यता रहेको बताएका छन् ।
उनले मधेशी जनताको हक अधिकार विभेदको अन्त्यक्ँ साथै राज्य व्यवस्थामा समावेशी र समानुपातिक प्रतिनिधित्वका लागि राप्रपा प्रतिबद्ध रहेको बताएका छन् ।

‘यस परिवेशमा मुलुकलाई स्थायीत्व दिन संविधान भित्रको राजसंस्था आजको आवश्यकता हो । राजसंस्था स्थापनार्थका लागि राप्रपा आन्दोलित छ’, उनले भने ।

सिराहा जिल्ला अध्यक्ष शम्भु यादवको सभापतित्वमा सम्पन्न भेलालाई राप्रपा केन्द्रीय नेताहरु महेशलाल माहासेठ, रामप्रताप शाह, रामचन्द्र राय, श्याम तिमिल्सिना, कृष्ण प्रताप मल्ल, जनकराज पाठक, राजु लोहनी, सत्रुधन महासेठलगायत केन्द्रीय नेताहरुले सम्वोधन गरेका थिए ।