काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले नेपाली जनताले राजनैतिक स्थिरता गतिशिलताको संयोजनमा अडेको गुणस्तरिय आर्थिक विकाशको आशा गरेको बताएका छन् ।
मंगलबार शीतल निवासमा आयोजित सर्वदलीय बैठकमा बोल्दै अध्यक्ष लोहनीले राजनैतिक स्थिरता हुन नसक्दा जनता निराश भएको बताएका छन् ।
‘तर जनता यि तीन बुँदाबाट निरास छन । यसै कारण देशमा गम्भिर राजनैतिक संकट आएको छ । यो संकटको समाधान हाम्रो संविधानको परिधिभित्र रहेर खोज्नु पर्छ । यो कामबाट नै नेतृत्वको काम र क्षमता देखिन्छ’, उनले भने ।
उनले भविष्यको संकट संसदबाट समाधान गर्नुपर्ने बताए । अध्यक्ष लोहनीले संसदका नेताको हैसियतले प्रधानमन्त्रीले सबै राजनीतिक दलहरुसँग संवाद र सहमति गरेर आफ्नो क्षमता देखाउनुपर्ने बताएका छन् ।
‘अब भविष्यको संकट कसरी समाधान गर्ने थलो संसद हो । संसदको नेताको हैसियतले प्रधानमन्त्रीले सबै राजनीतिक दलहरुसँग संवाद र सहमति गरी आफ्नो क्षमता देखाएर संसदमा आफ्नो पक्षमा समर्थन देखाउनूस्’, उनले भने ।
अर्को प्रशंगमा डा लोहनीले प्रधानमन्त्रीले विश्व विद्यालयलाई राजनीतिक अखडा नबनाउने पनि सुझाव दिएका छन् ।
‘प्रधानमन्त्रीले विश्व विद्यालयलाई राजनीतिक अखडा नबनाउने हो भने अब देखी नेपाल भित्र कुनै पनि विश्व विद्यालयको कुलपती प्रधानमन्त्री नहुने व्यवस्था लागु गर्ने आँट देखाउनु जरुरी छ’, डा लोहनीले भने ।




प्रतिक्रिया