नेपालको अर्थतन्त्र संकटतिर जाँदैछ, प्रधानमन्त्रीले जिम्मेवारी महसुस गरेनन्ः पूर्वअर्थमन्त्री लोहनी


काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता एवं पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीले मुलुकको आर्थिक संकट समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जिम्मेवारी महसुस नगरेको बताएका छन् ।

शुक्रबार विहान राप्रपाका पूर्वअध्यक्ष समेत रहेका नेता लोहनीले नेपालको अर्थतन्त्र संकटतिर जानु अर्थमन्त्रीसँग मात्रै नजोडिएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालको अर्थतन्त्र संकटतिर जाँदै छ । अब यो अर्थमन्त्रीसँग मात्रै को कुरो भएन। देउवा सरकारको जिम्मेवारीको प्रश्न हो । प्रधानमन्त्रीले यो जिम्मेवारी महसुस गरेको देखिएन ।’

बिस्तारै ओरालो लागेको अर्थतन्त्र समय मै सुधार गर्न नसके भीरको डिलमा पुग्न धेरै समय नलाग्ने पूर्व अर्थमन्त्री लोहनीको भनाइ छ । ‘अर्थतन्त्रमा संकट तथ्यांक मा मात्र सिमित रहँदैन । एक तह पुगे पछि तथ्याङ्कभन्दा मानिसको भावनाले प्राथमिकता लिनेछ,’ उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement