काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य यथार्थतालाई बिर्सेर सञ्चारमाध्यमलाई गाली गर्नु कुतर्क र डरलाग्दो दम्भको संज्ञा दिएका छन् ।
सामाजिक सञ्जालमार्फत अध्यक्ष लोहनीले संचार जगतले पहिले सरकारलाई रिपार्टीङ गर्नुपर्छ अपेक्षा राख्नुमा एकदलीय अधिनायकवादको गन्ध आएको बताएका हुन् ।
‘प्रधानमन्त्रीको भनाइ मान्ने हो भने संचारमाध्यमले जे थाहा पाउँछन् त्यसको सूचना सबैभन्दा पहिले सरकारलाई दिनु पर्दछ । एकदलीय अधिनायकवादमा यो होला, तर प्रेस स्वतन्त्रता भएका देशमा संचारमाध्यमले जनतालाई सुसूचित गर्ने हो,’ डा. लोहनीले भनेका छन्, ‘यो सामान्य यथार्थतालाई बिर्सेर गाली गर्नु प्रधानमन्त्रीको कुतर्क र डरलाग्दो दम्भ हो ।’
डा. लोहनीले प्रधानमन्त्रीले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाएका छन् । महासंकटमा जनता सरकारलाई सहयोग गर्न चाहन्छन् तर दास बनेर होइन पनि भनेका छन् । लोहनीका उठाएका अरु प्रश्नहरु यस प्रकार छन् ।
यस्तो छ लोहनीको स्टाटसः
-प्रधानमन्त्रीजी ले जनताको जीवन रक्षा पहिलो प्राथमिकता भएको भन्नु भएको छ । यो ठिक हो तर जीवन रक्षा को लागि मगाएको औषधिको मोल भन्दा तिन गुना बढी मा ल्याउने र नेपाल सरकार मा रजिस्टर पनि नभएको कम्पनी लाई तिन घण्टा भित्र ठेक्का दिई गरेको अनिमियतता लै संरक्षण दिनु ले जनता को जिबन माथि केहि व्यक्ति को आर्थिक स्वार्थ को लागि खेलबाड गरेको देखाउँछ यस्ता भ्रस्टाचार को खोजबिन गर्ने की अरुलाई गाली गर्ने ?
– प्रधानमन्त्रीजी ले हेर्नु पर्योः हजारौं नेपाली हरु अहिले राजमार्ग मा अलपत्र परेका छन् तिनीहरुको लागि तपाई को सरकार ले के गरेको छ ? तपाई को सरकार ले ति सबै लाई घर पुराउने व्यवस्था गरेको भन्नु भएको छ । यदि यो हो भने ति छापा मा निस्केका जनता को दुर्दासा का तस्बिर हरु के सबै झुट हुन् ? तपाई अहम र दम्भ को जालो मा हुनुहुन्छ । वरी परी बस्ने धुपौरे ले तारिफ गरेका छन् तर बास्तबिकता अर्कै छ त्यसैले यथार्थता स्वीकार गरेर सकारात्मक कदम लिनु को सट्टा पत्रकार र अरु सबै को भनाइ लाई ‘कर्कस धुन’ को रुप मा देख्न थाल्नु तपाई को दृस्टी दोस मात्रको ।
-यो महासंकटको समयमा हामी सबै सरकारलाई सहयाग गर्न चाहन्छौं । तर यथार्थलाई नजर अन्दाज गरेर तपाईको दास हुन कोहि तयार छैन ।




प्रतिक्रिया