भारतीय सेना प्रमुखको अभिव्यक्ति आपत्तिजनकः अध्यक्ष लोहनी

भारतीय सेना प्रमुखको अभिव्यक्ति आपत्तिजनकः अध्यक्ष लोहनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भारतका जनरल नभरानेको अभिव्यक्तिबारे आपत्ति जनाएका छन् ।

अध्यक्ष लोहनीले उच्च पदमा पुगेको व्यक्तिले नेपाल आफ्नो राष्ट्रिय स्वार्थ रक्षा गर्न सक्षम छैन भन्ने भावनाको अभिव्यक्ति आउनुले दुई देशबीचको सद्भाव र मित्रता बढाउन मद्दत नगर्ने बताएका छन् ।

लोहनीले फेसबुक पेजमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘यहाँ हामीले बुझ्नुपर्ने कुरा के छ भने भारत र नेपाल दुवैलाई एक अर्काको सद्भाव र सहयोग आवश्यक पर्छ । त्यसैले दुई देशबीच समस्या आउँदा ठन्डा दिमागले विचार गर्नुपर्छ ।’

‘भारतका जनरल नराभनेले लिपुलेक सीमा समस्याबारे नेपाल कुनै वाह्य शक्तिको इशारामा काम गर्दैछ भन्ने अर्थ लाग्ने अभिव्यक्ति दिनु आपत्तिजनक छ । नराभने जस्तो उच्च पदमा पुगेको व्यक्तिबाट नेपाल आफ्नो राष्ट्रिय स्वार्थ रक्षा गर्न सक्षम छैन भन्ने भावनाको अभिव्यक्ति आउनुले दुई देशबीचको सद्भाव र मित्रता वढाउन मद्दत गर्दैन,’ लोहनीले भने ।

‘यहाँ हामीले वझ्नु पर्ने कुरा के छ भने भारत र नेपाल दुबैलाई एक अर्काको सद्भाव र सहयोग चाहिन्छ । त्यसैले दुई देशबीच समस्या आउँदा ठन्डा दिमागले विचार गरौं ।’ भारतीय सेना प्रमुखले केही दिनअघि नेपाल भारतबीच सीमा समस्याका बारेमा विवाद नरहेको र अहिले भारतले नेपाली भूमिमा निर्माण नगरेको बताएका थिए । त्यसैगरी उनले अहिले नेपालले भारतले भूमि मिच्यो भन्ने कुरा कसैको इशारामा गरेको बताएका थिए ।