अब सीमामा नेपाली सेना परिचालन गर्नूपर्छः अध्यक्ष लोहनी

अब सीमामा नेपाली सेना परिचालन गर्नूपर्छः अध्यक्ष लोहनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले १८१६ को सन्धि वमोजिम नेपालका नक्सा जारि गर्ने सरकारको निर्णयको स्वागत गरेका छन् ।

उनले २०७२ पछिको संविधानको अनुसुची ३ मा राखिएको नेपालको नक्सामा १८१६ मा कायम रहेको लिम्पियाधुरा क्षेत्र छुटेको बताउँदै उनले अब निसान छाप पनि नयाँ नक्सा बमोजिम बनाउन सरकारलार्इ सुझाव दिएका छन् ।

आज सामाजिक संजालमा उनले लेखेका छन्, ‘अब उक्त विवादित भनिएको भुमिमा सशस्त्र प्रहरि बलसंग‌ै नेपाली सेनासमेत तैनाथ गर्नुपर्छ ।’

रास्ट्रपतिको सम्बोधन बमोजिम लिम्पियाधुरा, कालापानी तथा लिपुलेक क्षेत्र बेलायतसँग भएको १८१६ को सन्धि बमोजिम नेपालको नक्सामा राख्ने निर्णय हुनु स्वागत योग्य भएको बताएका छन् ।

‘दोस्रो जना आन्दोलन पछि २०७२ को संबिधान को अनुसूची ३ मा नेपाल सरकार को निसान छापमा राखिएको नेपाल को नक्सा मा १८१६ देखि कायम भएको लिम्पियाधुरा क्षेत्र छुटेको छ । यो बिगत १४ वर्ष देखि को ठुलो त्रुटी हो । नयाँ निसान छाप मा लिम्पियाधुरासहितको नयाँ नक्सा अब राखिनु पर्दछ’, सरकारलार्य सुझाव दिँदै उनले भने । त्यस क्षेत्र मा ससस्त्र प्रहरी बलको पछाडी नेपाली सेना तैनाथ गरिनु पर्दछ । त्यस क्षेत्रमा जनतालाई आवस्यक नेपाल सरकारको कार्यालयको उपस्थिति राम्रो हुनेछ ।’