काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डा. प्रकाशचन्द्र लोहनीले पूर्वराजा महेन्द्रबारे विगत वर्षहरुदेखि नकारात्मक पक्ष मात्र देखाउने प्रयास भएको बताएका छन् ।
उनले राजा महेन्द्र र उनको ब्यक्तित्व र शाशनकालको पुर्बाग्रह बिना समष्टीमा मुल्यांकन नभएको बताएका छन् ।
‘राजा महेन्द्रबारे बिगत बर्षहरुमा उनका नकारात्मक पक्ष मात्र देखाउने प्रयास भएको छ । तर राजा महेन्द्र र उनको ब्यक्तित्व र शाशनकालको पुर्बाग्रह बिना समष्टीमा मुल्यांकन भएको छैन’, उनले भने ।
उनले महेन्द्र देश भक्त राजाको रुपमा उनको योगदान नेपाली जनताको मनमा सदैव स्मरणीय रहने बताए ।
‘राजा महेन्द्रको राजनीतिबारे बाद(विवाद आफ्नै ठाउँमा रहनेछ तर नेपालको राट्रियता, नेपालको एकता र विकासको लागि महत्वपूर्ण भौतिक तथा संरचनात्मक विकासको आधारसिला निर्माण, सामाजिक कुरीति र कलङ्क अन्त गर्ने महत्वपुर्ण निर्णय तथा अन्तर राष्ट्रिय क्षेत्रमा नेपालको सन्तुलन र पहिचान कायम गर्ने देश भक्त राजाको रुपमा उनको योगदान नेपाली जनता को मनमा सदैब स्मरणीय रहनेछ’, उनले भने ।




प्रतिक्रिया