दुगड आइरन उद्योगका प्रबन्ध निर्देशक पक्राउ

दुगड आइरन उद्योगका प्रबन्ध निर्देशक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रबन्ध निर्देशक प्रकाश दुगड पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाण्डुको टोलीले दुगडलाई पक्राउ गरेको नियन्त्रणमा लिएको हो । बैङ्किङ कसुर मुद्दामा नियन्त्रणमा लिएको परिसरका एसएसपी अशोक सिंहले जानकारी दिए ।

विष्णुमान श्रेष्ठे प्रकाश दुगड र सरिता प्रधान विरुद्ध उजुरी दिएका थिए । ५ लाख ६७ हजार १ सय ६० रुपैयाँको चेक अनादर भएको उल्लेख गरिएको छ ।

प्रहरीले अदालतबाट अनुमति लिएर पक्राउ गरेको जानकारी दिएको छ । उनलाई अहिले कमलपोखरी वृत्तमा राखिएको छ ।