पार्टीका केही साथीहरूको प्रवृत्ति आत्मघाती छ : डा. महत

पार्टीका केही साथीहरूको प्रवृत्ति आत्मघाती छ : डा. महत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्र सार्वजनिक रूपमा, सामाजिक सञ्जालमा लाञ्छना लगाउने, आफ्नैलाई होच्याउने र नियोजित रूपमा त्यसको प्रयोग गर्ने प्रवृत्ति रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

पार्टी केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले सार्वजनिक रुपमा, सामाजिक सञ्जालमा लाञ्छना लगाउने प्रवृत्ति आत्माघाती रहेको धारणा राखे ।

उनले भने, ‘हाम्रो पार्टीभित्र सार्वजनिक रूपमा, सामाजिक सञ्जालमा लाञ्छना लगाउने आफ्नै साथीभाइलाई होच्याउने र नियोजित रूपमा त्यसको प्रयोग गर्ने प्रवृत्ति छ, त्यो आत्माघाती छ । अहिले संकटको बेला पार्टी एकजुट भएर निर्वाचनमा होमिनुपर्छ ।’

उनले महाधिवेशनको विषयमा केही निर्णय भई नसकेको भन्दै बैठकको अन्तिम दिनसम्म सबैको एकमत निर्णय आउने जानकारी दिए । राष्ट्रिय निर्वाचनको संघारमा आन्तरिक निर्वाचन उपयुक्त नहुने उनको भनाइ छ ।

‘यतिबेला महाधिवेशन प्रमुख विषय बनेको छ । १५औं अधिवेशन गर्नुपर्छ भन्नेमा सबैको एकमत छ । तर राष्ट्रिय निर्वाचनको संघारमा हाम्रो आन्तरिक निर्वाचन कति उपयुक्त छ र सँगै त्यसको लागि यथेष्ट छलफल पुगेको छैन । बैठकको अन्तिमसम्म एकतापूर्ण निष्कर्षमा हामी पुग्छौं,’ उनले भने ।