‘गणेशमानको सपना पूरा गर्न प्रकाशमानलाई नेतृत्व दिनुपर्छ’

‘गणेशमानको सपना पूरा गर्न प्रकाशमानलाई नेतृत्व दिनुपर्छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले मंगला देविले प्रजातन्त्रका लागि धेरै त्याग गरेको बताएका छन् ।

मंगलबार मंगला देवी स्मृती प्रतिष्ठानले आयोजना गरेको नेपालकी प्रथम महिला नेता मंगला देवि सिंहको २४औं स्मृति दिवसको अवसरमा ‘मंगलामा र महिला अधिकार’ विषय कार्यक्रमा बोल्दै उनले संविधानमा महिलालाई दिएको अधिकार कार्यान्वयन हुनुपर्ने बताए । नेता सिंहले महिलाको अधिकारका लागि नेपाली काँग्रेसले कसैसँग सम्झौता नगर्ने बताए ।

मंगलादेवीका सुपुत्र समेत रहेका नेता सिंहले प्रजातन्त्र पुनस्र्थापनाका लागि खेलेको भूमिका र भोगेका दुःख कष्टको पनि स्मरण गरेका थिए ।

त्यस्तै नेता एनपी साउदले महिलालाई ३३ प्रतिशत अधिकार दिलाउन संसदमा आफूहरुले महत्वपूर्ण भूमिका खेलेको स्मरण गरेका थिए ।

कार्यक्रममा बोल्दै सांसद चन्द्र भण्डारीले ०४६ सालको आन्दोलनपछि गणेशमानले प्रधानमन्त्री बन्न आएको अफर किसुनजीलाई दिएको भन्दै अब प्रकाशमानलाई १४ औं महाधिवेशनमा सभापति बन्न दिनुपर्ने बताए ।

सांसद डा. डिला संग्रौलाले मंगलाले महिला शसक्तिकरणका लागि एउटा सपना देखेको र त्यो सपना पूरा गर्नुपर्ने बताइन् ।

‘हामी अहिले पनि मंगलमाले देखाएको बाटोमा हिँड्न सकेका छैनौँ । उहाँले विशेषगरी तीन कुरालाई विशेष ध्यान दिनुभएको थियो । जुन अहिले पनि सान्र्दभिक छ । राजनीतिमा महिला शसक्तिकरण मंगलमाको मुख्य उद्देश्य हो’, डा.संग्रौलाले भनिन्, ‘उहाँले सँधै अधिकार मागेर पाइँदैन खोसेर लिनुपर्छ भन्नुहुन्थ्यो । त्यो पनि हामीले गर्न सकेका छैनौँ ।’

त्यस्तै कार्यक्रममा काठमाण्डु महानगरपालिका उपमेयर हरि प्रभा खड्गी र स्वतन्त्र पत्रकार तथा महिला अधिकारकर्मी नम्रता शर्मा प्रस्तोता अधिवक्ता विष्णु वस्यालहरूको उपस्थिती रहेको थियो ।