गृहको विज्ञप्तिप्रति कांग्रेस नेताको आपत्ति, भन्छन्ः सरकार सच्चिनुपर्छ

गृहको विज्ञप्तिप्रति कांग्रेस नेताको आपत्ति, भन्छन्ः सरकार सच्चिनुपर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गृह मन्त्रालयको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध गर्नेलाई जेल हाल्ने चेतावनी दिएको थियो ।

सोमबार नेपाली कांग्रेस सिन्धुपाल्चोकले गरेको कार्यक्रममा नेता सिंहले गृहमन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ति निकाल्नु आपत्तिजनक रहेको बताए । उनले यस्ता विषयमा सरकार सच्चिनुपर्ने बताए ।

‘सरकारले जनताको दुःखमा साथ दिनुपर्छ, जनाताका पक्षमा हुनुपर्दछ । गृहमन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ति निकाल्नु आपत्तिजनक छ । यसमा सरकार सच्चिनु पर्छ,’ उनले भने ।

नेता सिंहले क्रियाशील सदस्यतादखि नै कांग्रेसको संस्थापनमाथि प्रश्न उठेको भन्दै जस्तोसुकै परिस्थितीमा पनि निष्पक्ष, धादलीरहीत र स्वच्छ महाधिवेशन हुनुपर्ने बताए ।

उनले पार्टीको महाधिवेशन स्वच्छ रुपमा सम्पन्न भए त्यसपछि आउने नेताको नैतिक बल र पार्टीको नैतिक बल उच्च हुने बताए ।

‘नेतृत्व गर्ने नेता कमजोर भयो भने पार्टीले जति राम्रो काम गरे पनि नतिजा राम्रो लिन सक्दैन । त्यसैले समय अनुसार पार्टीको नेतृत्व  परिवर्तन हुनु पर्छ र पार्टीलाई नयाँ अक्सिजन दिँदै जानुपर्छ,’ नेता सिंहले भने ।