‘बिहे गर्ने उमेर भएका भाइबहिनीहरु तपाईहरुका म्यासेज सरकराले हेर्दैछ सुन्दैछ’

‘बिहे गर्ने उमेर भएका भाइबहिनीहरु तपाईहरुका म्यासेज सरकराले हेर्दैछ सुन्दैछ’


काठमाडौं – राष्ट्रिय सभाका सांसद प्रकाश पन्तले सरकारले ल्याएको नेपाल विशेष सेवा विधेयकका दफामाथि गम्भीर प्रश्न उठाएका छन् ।

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा विधेयकमाथि विरोधको सूचना दर्ता गराउँदै सांसद पन्तले सरकारले नागरिक स्वतन्त्रता र मौलिक हक खोस्न खोजेको आरोप लगाएका छन् ।

‘यो विधेयकले नागरिकको स्वतन्त्रता र मौलिक हक खोस्दैछ । अब नागरिकका गोप्य भन्दा गोप्य कुरामा पनि सरकारको पहुँच हुनेछ’, उनले भने, ‘यो विधेयकका केही दफा एकदमै खतरनाक छन् । विधेयक पास भएमा नागरिकलाई ठाउँको ठाउँ थुन्न सक्ने अवस्था आउँदैछ ।’

सांसद पन्तल यो विधेयक पारित भएमा पत्रकारहरुले पनि म्यासेज लेख्दा वा समाचार बनाउँदा पनि होस पुर्‍याउने दिन आउनेतर्फ सचेत गराए ।

‘पत्रकारहरुले पनि अब ख्याल गरे हुन्छ । सम्पादकलाई लेखेका म्यासेज अब सरकारले पहिले हेर्नेछ । अब तपाईंहरुले म्यासेज लेख्दा पनि होस् गर्ने बेला आएको छ’, उनले भने, ‘यो विधेयक आएपछि अप्रत्यक्षरुपमा अघोषित सेन्सरिसप लाग्नेछ । बिहे गर्ने उमेर भएका भाइबहिनीहरु तपाईहरुका म्यासेज सरकराले हेर्दैछ सुन्दैछ । जो सुकै मान्छे पनि ब्ल्याकमेलिङ हुने अवस्था छ ।’

सांसद पन्तले पेश गरेको विरोधको सूचनालाई बहुमतले अस्वीकृत भएको छ । सरकारले पेश गरेको विधेयकमाथि सोमबारदेखि नै राष्ट्रिय सभामा छलफल सुरु भएको छ ।