काठमाडौं – नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) मा प्रकाश प्रसाद पोखरेल नियुक्त भएका छन् । पोखरेल यहि असार १ गतेदेखि लागु हुने गरी नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका हुन् ।
आज संघको केन्द्रीय कार्यलयमा नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत पोखरेललाई संघका प्रशासन तथा समन्वय विभाग प्रमुख शिव अधिकारी लगायत उच्च व्यवस्थापन र कर्मचारी परिवारद्वारा स्वागत, बधाई तथा शुभकामना प्रदान गरिएको थियो ।
यसभन्दा अगडि देशका विभिन्न स्वदेशी एवं विदेशी निकायहरुमा रही खासगरी सहकारी प्रबर्द्धन एवं विकासका क्षेत्रमा उनको उल्लेख्य योगदान रहेको छ ।
नेफ्स्कून व्यवस्थापन परिवारले उनको सफलताको शुभकामना सहित हार्दिक बधाइ व्यक्त गरेको छ ।




प्रतिक्रिया