काठमाडौं – ठगीको आरोपमा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल मुछिएको छन् ।
भीमदत्त नगरपालिका भाँसीस्थित जनज्योति एजुकेसन फाउन्डेसनको १५ करोड ६७ लाख ५० हजार सेयरबापतको रकम ठगी गरेको भन्दै मन्त्री रावलसहित ३६ जनाविरुद्ध जिल्ला अदालत (कञ्चनपुर)मा मुद्दा परेको छ ।
राज्यमन्त्री रावल जनज्योति बहुमुखि क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष तथा सेयर सदस्यसमेत हुन् । मन्त्री रावलसहित क्याम्पसका ३६ जना सेयरधनीविरुद्ध जिल्ला अदालत (कञ्चनपुर)मा सेयर ठगी तथा कागज पत्र किर्ते गरेको अभियोगमा मुद्दा दर्ता गरिएको छ ।
ताराप्रसाद जोशी, रुकमणि जोशीसहित १० जनाले उनीहरूविरुद्ध ठगी तथा कागज किर्ते अभियोग लगाउँदै मुद्दा दायर गरेका छन् ।
ठगीको आरोपमा मुछिनेमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष, क्याम्पस प्रमुख तथा त्यही अध्यापन गराइरहेका शिक्षकसमेत रहेका सेयर सदस्य छन् ।
राज्यमन्त्री रावल कञ्चनपुर क्षेत्र नम्बर ३ प्रदेशसभा ‘क’ बाट निर्वाचित नेकपा सांसद हुन् ।




प्रतिक्रिया