काठमाण्डु – नेपाली कांग्रेसका नेता प्रकाशशरण मतले पार्टीको समस्या समाधानका लागि एकता र सहकार्यको आवश्यकतामा जोड दिएका छन् ।
बिहीबार भिडियो सन्देश जारी गर्दै नेता महतले निर्वाचन सम्पन्न भइसकेको र अदालती प्रक्रिया पनि अन्तिम चरणमा पुगेकोले अबको समयमा साझा सहकार्यसहित नियमित महाधिवेशनमा जानु उचित सुझाएका छन् ।
महतले भनेका छन्, ‘अब नियमित अधिवेशन गर्नका लागि पार्टीका सबै विशेष महाअधिवेशनमा जोडिएका र विशेष महाअधिवेशनमा नजोडिएको पार्टीको ठूलो पङ्क्ति शेरबहादुर देउवालगायत पार्टी पङ्क्तिले एउटा साझा विन्दु खोजेर नियमित महाअधिवशेन सम्पन्न गर्नका लागि एउटा आयोजिक समिति बनाएर कमन ओनरसिप सुनिश्चित गरेर अगाडि बढियो भने त्यो नियमित महाअधिवेशनबाट आएको नेतृत्वलाई सर्वस्वीकार्य मानेर अगाडि बढ्ने परिस्थिति हुन्छ ।’
अहिले आ–आफ्नो हिसाबले महाअधिवेशन घोषणा गरेर जाँदा पार्टीको समस्या समाधान नहुने उनको भनाइ छ ।
‘२२ गतेको निर्णय कुरौँ, त्यसपछि पनि अबचाहिँ यो निर्णय आएको छ, त्यसको बाबजुद हामी एक हुन जरुरी छ, एक हुनका लागि यसरी जान जरुरी छ र नियमित अधिवेशनमा साझा सहकार्य र हिस्सेदारीका साथ अधिवेशन गर्ने निकायलाई विश्वास गर्ने वातावरण बनायौँ भने सबै समस्याको समाधान हुन्छ’, उनले भनेका छन् ।




प्रतिक्रिया