काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरस संक्रमण रोकथामका लागि एक भएर लड्नुपर्ने बेलामा अनावश्यक राजनीतिक विवाद झिक्नु घातक भएको जनाएका छन् ।
इन्टरनेट सामाजिक सञ्जाल ट्वीटरमा आफ्ना धारणा राख्दै पूर्वराजा शाहले यतिखेर सम्पूर्ण विश्व नै कोरोना सन्त्रासका कारण मानवीय सभ्यता र यसको उपलब्धी जोगाउन हरसम्भव प्रयासमा लागि परेको उल्लेख गरेका छन् ।
‘सम्पूर्ण विश्व नै कोरोना सन्त्रासका कारण मानवीय सभ्यता र यसको उपलब्धी जोगाउन हरसम्भव प्रयासमा लागि परेका बेला अनावश्यक राजनैतिक विषयवस्तु उठान गरी एक अर्काको विवादमा अल्मलिनु सर्वथा घातक हुनसक्छ । सम्पूर्ण नेपाली एक भएर पवित्र मनले परिस्थितिसँग जुध्नु आजको अनिवार्य आवश्यकता हो,’
उनले ट्वीटरमा लेखेका छन् ।
नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले वर्तमान सरकार विफल भएकाले मध्यावधी चुनाव गर्नुपर्ने धारणा राखेका थिए ।
सम्पूर्ण विश्व नै कोरोना सन्त्रासका कारण मानवीय सभ्यता र यसको उपलब्धी जोगाउन हरसम्भव प्रयासमा लागि परेका बेला अनावश्यक राजनैतिक विषयवस्तु उठान गरी एक अर्काको विवादमा अल्मलिनु सर्वथा घातक हुनसक्छ । सम्पूर्ण नेपाली एक भएर पवित्र मनले परिस्थितिसँग जुध्नु आजको अनिवार्य आवश्यकता हो ।
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) April 5, 2020




प्रतिक्रिया