काठमाण्डु – परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रकाशकुमार सुवेदीको नाम सिफारिस भएको छ ।
परराष्ट्र मन्त्रालयद्वारा गठित सिफारिस समितिले सुवेदीलाई नियुक्तिका लागि सिफारिस गरेको छ ।
कार्यकारी निर्देशकको पदपूर्तिका लागि पुस १७ र माघ २१ गते गरी २ पटक आवेदन खुला गरेको थियो । छनोट समितिमा परेका आवेदनमध्ये कार्यविधिमा तोकिएको छनोट प्रक्रिया पूरा गरेर सुवेदीलाई प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा नियुक्तिका लागि सिफारिस गरिएको छ ।
मन्त्रालयले निर्देशकका लागि ६५ वर्ष उमेर ननाघेको, मान्यता प्राप्त शिक्षण संंस्थाबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको, अन्तर्राष्ट्रिय कानून, कूटनीति वा आर्थिक कूटनीतिक क्षेत्रमा कम्तीमा १० वर्ष काम गरेको, नेपालको परराष्ट्र नीति तथा मामिलामा विशेष योगदान दिएको र उच्च व्यवस्थापकीय पदमा कम्तीमा ५ वर्षको अनुभव भएको हुनुपर्ने मापदण्ड तोकेको छ ।




प्रतिक्रिया