काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको निर्देशक समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पदबाट राजीनामा दिएका छन् ।
निर्वाचनको परिणामपछि बेखुस बनेका लोहनीले राजीनामा दिएका हुन् ।
नेतृत्व तहका सबै जिम्मेवार पदाधिकारीहरुले राजीनामा दिएर जनभावना अनुरुप तदर्थ समिति गठन गरी महाधिवेशनमा जानु पर्ने समेत औल्याएका छन् ।
डा. लोहनीले पार्टीलाई बुझाएको पत्रमा भनिएको छ ‘यस अवस्थामा पार्टीको नेतृत्व तहका जिम्मेवार पदाधिकारीहरुले तत्काल मार्गप्रसस्त गरी जनभावना अनुरुप तदर्थ समिति मार्फत् महाधिवेशन गरी जनभावना अनुरुप तदर्थ समितिमार्फत् पदमा रहने गरी जिम्मेवारीबाट अलग हुने समयको मागलाई अनुशरण गर्दै पार्टीको निर्देशन समितिको अध्यक्षबाट राजीनामा दिएको छु,।’





प्रतिक्रिया