समाजमा विभेद हटाउन सामूहिक रूपमा काम गर्नुपर्छ : मन्त्री सिंह

समाजमा विभेद हटाउन सामूहिक रूपमा काम गर्नुपर्छ : मन्त्री सिंह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजमा रहेको विभेद हटाउनका लागि सामूहिक रूपमा काम गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाण्डु जिल्लाका दलित समुदायबाट एसईई उत्तीर्ण विद्यार्थी सम्मान कार्यक्रममा बोल्दै उनले समाजमा राम्रो गरे चौतर्फी तारिफ मिल्ने भन्दै समाजिक काम गर्नुपर्ने बताए ।

उनले भने, ‘यो समाजमा रहेको विभेद हटाउनका लागि तपाईं हामी सबैले सामूहिक रूपमा प्रयास गरेर गर्न सकिन्छ । मूख्य कुरा के हो भने हाम्रो समाजमा राम्रो गर्‍यो भने सबैले ताली पिटेर वाहवाही गर्छन् ।’

उनले उच्च शिक्षाका लागि नेपालमै अवसरहरू भएको भन्दै एसईई उत्तीर्ण विद्यार्थीलाई उदाहरणीय बन्न प्रेरित समेत गरे ।

‘मिहेनत गर्नपर्छ, उदाहरणीय बन्नुपर्छ त्यसका लागि अवसर छ । एसईई पछि पढ्नका लागि नेपालमै राम्रा कलेजहरू छन् । आफ्नो जीवन बनाउन आफूले आफैंलाई समाल्न सक्नुपर्छ, त्यसैगरी देश बनाउन पनि सबै मिलेर गर्नुपर्छ,’ उनले भने ।