मतदान केन्द्रमा प्रकाशमानले रवीन्द्रलाई ५ वर्षपछि भेटौँला भनेपछि…

मतदान केन्द्रमा प्रकाशमानले रवीन्द्रलाई ५ वर्षपछि भेटौँला भनेपछि…

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डु -१ का चर्चित उम्मेदवारद्धय प्रकाशमान सिंह र रविन्द्र मिश्रबीचमा भेटघाट भएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार सिंह र राप्रपाका उम्मेदवार मिश्रबीच आफ्नो निर्वाचन केन्द्रमा भेटघाट हुदाँ रोचक संवाद भएको छ । प्रकाशमानले रविन्द्रलाई पाँच वर्षपछि भेट्ने बताए ।

‘मनोनयन दर्तामा भेट भाथ्यो, आज भेटियो। अब ५ वर्षपछि भेटौँला।’, उनले भने । रवीन्द्र मिश्रले अर्को चुनावमा आफूहरुको भेट नहुने बताए । उनले काठमाण्डु १ का मतदातालाई आफू चाहिएको दावी गरे ।

‘अर्को पटक उम्मेदवारकारूपमा हाम्रो भेट नहोला। किनकि तपाईंलाई विश्राम चाहिएको छ, काठमाण्डु १ का मतदातालाई अब म चाहिएको छ।’

दुवैले आज बिहान काठमाण्डु–१ मा मतदान गरेका थिए ।