उपप्रधानमन्त्री सिंहद्वारा बागमती किनारमा बनेका पूर्वाधार संरक्षण र प्रयोगमा ल्याउन निर्देशन

उपप्रधानमन्त्री सिंहद्वारा बागमती किनारमा बनेका पूर्वाधार संरक्षण र प्रयोगमा ल्याउन निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले बागमती नदी किनारमा बनेका पूर्वाधार संरक्षण र प्रयोगमा ल्याउन निर्देशन दिएका छन् ।

बुधबार उनले गुह्येश्वरीस्थित अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालयमा पुगेर कामकारबाहीबारे जानकारी लिएपछि निर्माण गरिएका संरचनाको संरक्षण र प्रयोगमा ध्यान दिन निर्देशन दिए ।

‘ढल निकासका लागि संरचना त बन्छन् तर प्रयोगमा किन आइरहेका छैनन् ? यसलाई सच्याउनुपर्‍यो । तत्काल गर्न सकिने काम अहिले गरौं । संरचना निर्माणसँगै त्यसको प्रयोगका विषयमा पनि ध्यान दिनुपर्‍यो,’ उपप्रधानमन्त्री सिंहले भने ।

गोकर्णेश्वरदेखि गुह्येश्वरीसम्म बनेका पार्कहरूको दुरावस्था रहेकाले तिनको संरक्षण र रेखदेखमा ध्यान दिन समितिलाई निर्देशन दिँदै उनले बागमतीमा १२ महिनै पानी बगाउनुपर्नेमा पनि जोड दिए । ‘बागमतीमा १२ महिना नै पानी बगाउनेबारे हामीले सोच्नुपर्छ । सम्बन्धित निकायसँग समन्वय गरेर त्यसलाई अघि बढाऔं । बाधा अड्चन छ भने त्यसलाई हटाउनका लागि मन्त्रालय सहजीकरण गर्न तयार छ,’ उपप्रधानमन्त्री सिंहको भनाइ थियो ।

बागमतीभन्दा कुरुप भइसकेका नदीलाई विभिन्न देशले सुधार गरेर स्वच्छ पानी बगाएको उदाहरण दिँदै उनले बागमती नदीको स्वच्छता काम गर्न सरकारले प्रभावकारी योजना ल्याउने समेत धारणा राखे ।