दोस्रो चरणको चुनावमा देउवासँगै उभिएर नेता सिंह भोट माग्दै

दोस्रो चरणको चुनावमा देउवासँगै उभिएर नेता सिंह भोट माग्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत दास्रो चरणको मतदान सुरु भएको छ । दोस्रो चरणको चुनावमा शेरबहादुर देउवालाई समर्थन गरेका नेता प्रकाशमान सिंह पनि मतदान स्थल पुगेका छन् । नेता सिंहले महाधिवेशन प्रतिनिधिहरुसँग देउवासँगै उभिएर भोट मागिरहेका छन् ।

सभापतिका उम्मेदवार सिंह आज बिहानसम्म देउवाको विपक्षमा उभिएका थिए । तर देउवा र नेता सिंहको भेटवार्ता पछि उनी देउवाको पक्षमा खुलेका हुन् । आज सिंह निवास चाक्सीबारीमा भएको भेटवार्तामा देउवाले आफू नेतृत्वको सरकारमा सिंह पक्षका राजन केसीलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले आफूलाई सभापति सहयोग गर्न आग्रह गर्दै मन्त्री पद दिने लिखित सहमति भएको स्रोतले जानकारी दिएको छ । पहिलो चरणको चुनावमा पाँच जना उम्मेदवार मध्ये एक जनाले पनि ५० प्रतिशत भन्दा बढी मत ल्यान सकेका थिएनन् । त्यसपछि कांगेसको विधान अनुसार चुनाव दास्रो चरणमा गएको हो । दोस्रो चरणमा देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ ।