काठमाण्डु – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई बलियो बनाउन पार्टीभित्र सक्षम नेतृत्व आवश्यक रहेको बताएका छन् ।
कांग्रेस काठमाण्डुका सभापति पदका उम्मेदवार कृष्ण (सबुज) बानियाँ समूहको उम्मेदवारी घोषणासभामा उनले पार्टीलाई विधिसम्मत ढङ्गले सञ्चालन गर्नका लागि सक्षम नेतृत्व आवश्यक रहेको बताएका हुन् ।
“पार्टीलाई संस्थागत, विधिसम्मत र नियमसम्मत ढङ्गले सञ्चालन गर्नका लागि १४औँ महाधिवेशनबाट नेतृत्व परिवर्तन आवश्यक छ”, उनले भने । नेता सिंहले १४औँ महाधिवेशनपछि पार्टीलाई जनताको चाहनाअनुसार अगाडि बढाउनुपर्ने उल्लेख गरे ।
विसं २०७२ मा निर्माण भएको संविधानको नेतृत्व गरेको कांग्रेसले तीन तहको निर्वाचनमा किन हा¥यो यसबारे गम्भीर समीक्षा हुनुपर्ने नेता सिंहको भनाइ थियो ।




प्रतिक्रिया