फेसबुकमा ‘कमेन्ट अफ’ गर्दै प्रकाशमानले दिए देउवालाई बधाई

फेसबुकमा ‘कमेन्ट अफ’ गर्दै प्रकाशमानले दिए देउवालाई बधाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई दिएका छन् । मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन गरेका सिंहले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।

सिंहले दिएको बधाई पोष्टमा कमेन्ट गर्न नमिल्ने बनाइएको छ । देउवालाई समर्थन गरेको भन्दै कार्यकर्ताहरुले चर्को आलोचना गरेपछि बधाई पोष्टमा कमेन्ट गर्न नमिल्ने बनाइएको हो । उनीमाथि देउवालाई समर्थन गरेवापत लेनदेन गरेको आरोप लागेको छ ।

सोमबार भएको मतदानमा सभापतिका उम्मेदवार रहेका सिंह पराजित भएका थिए । सभापतिमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुनः दोस्रो चरणको मतदान भएको थियो । दोस्रो चरणको निर्वाचनमा देउवा सभापतिमा निर्वाचित भएका थिए । उनका प्रतिद्वन्द्वी डा. शेखर कोइरालाले १८५५ मत ल्याएका थिए ।