राजनीतिक स्थिरताका लागि गठबन्धन बनेको हो : उपप्रधानमन्त्री सिंह

राजनीतिक स्थिरताका लागि गठबन्धन बनेको हो : उपप्रधानमन्त्री सिंह


काठमाण्डु-उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्वको जगमा आर्थिक परिवर्तनका लागि संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा मिलेर सरकार बनाएको बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले आज आयोजना गरेका बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले यसअघि छिटो छिटो सरकार परिवर्तन हुँदा अस्थिरता भएको र राजनीतिक स्थिरताका लागि अहिलेको गठबन्धन बनेको बताए ।

‘राजनीतिक स्थायित्व र स्थिरताको जगमा आर्थिक परिवर्तन, सामाजिक परिवर्तन गर्नेदेखि सबै कुरालाई यावत रूपमा कार्यान्वयन गर्नका लागि यो सरकार गठन भएको छ’ उपप्रधानमन्त्री सिंहले भने, ‘जिम्मेवारी ठुलो छ । त्यसमा तपाईहरूले साथ सल्लाह अनवरत रूपमा दिनुहुनेछ भन्ने विश्वास छ ।’