काठमाण्डु – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले अस्थिरता र भ्रष्टाचारबाहेक केही दिन नसकेको आरोप लगाएका छन् ।
गणेशमान सिंहको १०६ औं जन्मजयन्तीको अवसरमा आज बिहान काठमाण्डुमा भएको कार्यक्रममा उनले कोरोना संक्रमणको महामारीका बेला पनि औषधि उपकरण खरिदमा भ्रष्टाचार गरेको र लकडाउनका कारण समस्यामा परेकाहरुलाई निःशुल्क खाना खुवाउँदा पनि अवरोध पु¥याएको बताएका छन् ।
‘दुई तिहाइको बहुमत पाएको नेपाल कम्युनिष्ट पार्टीको सरकारले अस्थिरताबाहेक के दिन सकेको छ ? पहिले संविधान जारी गर्ने म्यान्डेट दिँदा संविधानसभा भंग ग¥यो, अहिले पनि संघीयता, लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गर्ने म्यान्डेटअनुसार नेकपा अगाडि बढिरहेको छैन’, नेता सिंहले भने, ‘बालुवाटार जग्गा काण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेसको काण्ड, यस्ता भ्रष्टाचारै भ्रष्टाचार गरिरहेको छ । प्रधानमन्त्रीले भ्रष्टाचारीको मुख हेर्दिनँ भन्नुहुन्छ तर उहाँहरुकै पार्टीका नेताहरु संलग्न भएको घोटालामा उहाँले के गर्नु भएको छ ? हामीले स्थिर सरकार दिन्छौं भन्नु भएको थियो, अहिले ११, १२ पटकसम्म मन्त्रिपरिषद हेरफेर भयो, के स्थिरता यही हो ?’




प्रतिक्रिया