काठमाण्डु – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले हठातमा संसदको हिउँदे अधिवेशन अन्त्य गरेको बताएका छन् ।
सोमबार नेपाल प्रेस युनियन काठमाण्डु शाखाले आयोजना गरेको नवनिर्वाचित पत्रकार महासंघका पदाधिकारी सम्मान कार्यक्रममा बोल्दै नेता सिंहले सरकारले संसद फेस गर्न नसकेर पटक–पटक संसदमाथि प्रहार गर्दै कायरता प्रदर्शन गरेको बताए ।
‘संसद फेस गर्न नसकेर पटकपटक संसदमाथि यो सरकारले प्रहार गरेको छ,’ नेता सिंहले भने, ‘सरकारले संसदको मानमर्दन गरेको छ । कायरता प्रदर्शन गरेको छ ।’
उनले अलोकतान्त्रिक कदम उठाउने सरकारले फेरि पनि संसदीय व्यवस्थामाथि अर्को प्रहार गरेका बताएका छन् ।
नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउने प्रयास समेत जारी राखेको बताए ।




प्रतिक्रिया