काठमाण्डु – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिमा शेरबहादुर देउवालाई सघाउने भएका छन् । केहीबेरअघि चाक्सीबारीस्थित निवासमा देउवासँग भएको भेटवार्तामा दुवै नेताबीच लिखित सहमति भएको हाे।
सिंहले देउवाले कमी कमजोरी सुधारेर अघि जाने बताएको र देउवालाई देशभरका प्रतिनिधिले बहुमत दिएर स्वीकारेकाले आफ्नो समर्थन रहेको बताए । देउवाले कमी कमजोरी सुधार गर्न प्रतिवद्धता जनाएकाले आफूले समर्थन दिएको नेता सिहंले बताए ।
‘हामीले दोस्रो चरणको निर्वाचनमा देउवाजीलाई सहयोग गरेर जाने निर्णय गरेका छौं । नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर हामी प्रतिस्पर्धामा उत्रिएका हौं । देशभरीका बहुमत महाधिवेशन प्रतिनिधिले देउवाजीको पक्षमा मत जाहेर गरे,’ भेटपछि पत्रकारहरुसँग कुरा गर्दै नेता सिंहले भने, ‘देउवाजीले मलाई सहयोग गर्न भन्नुभएको छ । विधान संशोधन र पार्टीमा भइरहेका कमिकमजोरी सच्याउने प्रतिवद्धता जाहेर गर्नुभएको छ । पार्टीभित्र सुधार ल्याउन र देउवाले कार्यशैली परिवर्तन गर्नुपर्नेछ ।’




प्रतिक्रिया