‘रवीन्द्र मिश्रले राजनीति बुझेका छैनन्, उनको न पार्टी छ, न त जनता छन्’

‘रवीन्द्र मिश्रले राजनीति बुझेका छैनन्, उनको न पार्टी छ, न त जनता छन्’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले आफ्ना प्रतिस्पर्धी विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रको कडा टिप्पणी गरेका छन्।

 

 

 

चुनावी अभियानका क्रममा नेता सिंहले जनताले हावाको भरमा विवेकशील साझा पार्टीका आफ्ना प्रतिस्पर्धी मिश्रलाई भोट नहाल्ने समेत जिकिर गरे।

 

 

 

 

‘प्रश्न सोधेर मात्रै हुन्छरु उत्तर दिन आउनुपर्यो नि, उनले राजनीति बुझेका छैनन, उनको न पार्टी छ, न त जनता छन्,’ सिंहले भने, ‘ रवीन्द्रजी राम्रो पत्रकार हो, उहाँले प्रश्न गर्न जान्नुभएको छ, जनताले प्रश्न भन्दा पनि हिसाव चाहन्छन्, यो क्षेत्रका जनताहरु सचेत छन्, हावाका भरमा बाँडिएका सपनाहरुका पछि लाग्दैनन्।’

 

 

 

 

काठमाडौंका १० वटा निर्वाचन क्षेत्र मध्ये ८ वटा क्षेत्रमा कांग्रेसले जित निकाल्ने समेत उनले बताए।