देउवालाई सहयोग गरेपछि मेरो चरित्र हत्या गरियो: प्रकाशमान सिंह

देउवालाई सहयोग गरेपछि मेरो चरित्र हत्या गरियो: प्रकाशमान सिंह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवालाई सहयोग गरेपछि आफ्नो चरित्र हत्या गरिएको बताएका छन् ।

बिहीबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत सभापतिको पहिलो चरणको निर्वाचमा जनमत देउवाको पक्षमा देखिएपछि आफूले त्यसलाई कदर गर्न दोस्रो चरणमा देउवालाई सहयोग गरेको बताए । तर, देउवालाई आफूले सहयोग गरेपछि आफ्नो चरित्र हत्या गरिएको उनले गुनासो गरेको हुन् ।

‘नेतृत्व परिवर्तन गर्नकै लागि सभापतिमा उठेको थिएँ । तर, पहिलो चरणको निर्वाचनमा देउवाले नै धेरै मत पाउनुभयो । त्यसैले मैले जनमतको सम्मानका लागि देउवालाई सहयोग गरेको हुँ,ु उनले भने, ‘तर, मैले देउवालाई सहयोग गरेपछि धेरैको टाउको दुखेको छ । र, मेरो चरित्र हत्या गरिएको छ ।’