देउवाले पार्टीको बैठक आफ्नो घरमा राखेपछि जंगिए प्रकाशमान

देउवाले पार्टीको बैठक आफ्नो घरमा राखेपछि जंगिए प्रकाशमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले पार्टीको बैठक आफ्नो घरमा राखेको भन्दै बिरोध जनाएका छन् ।

आज काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले पार्टी कार्यालय हुँदाहुँदै देउवाले केन्द्रीय कार्य समितिको बैठक आफ्नो घरमा राखेको भन्दै विरोध जनाएका हुन् ।

‘केन्द्रीय कार्य समितिको बैठक सभापतिको घरमा राख्छन् । हिजो मैले बोलेँ । कार्यालयमा राख्नु पर्योे नि वर्किङ कमिटी भनेर । भवनको के काम,’ उनले भने, ‘बूढानीलकण्ठ हामीले नदेखेको हो र भन्या । उहाँको घर बन्नुभन्दा अघि नै हामी बूढानीलकण्ठ भगवानको पूजा गर्न जान्थ्यौँ नि ।’

त्यसैगरी नेता सिंहले देउवाको गृहजिल्ला डडेलधुरामा सम्पन्न भएका वडा तथा पालिका अधिवेशनहरू मान्य नहुने चेतावनी समेत दिएका छन् । उनले सत्ताको दुरुपयोग गरेर पुलिसको घेरामा राखेर डडेलधुरामा गरिएको अधिवेशन मान्न नसकिने बताएका हुन् ।