प्रकाशमानको उद्घोष : ‘ब्याक’ हुनका लागि उम्मेदवारी घोषणा गरेको होइन

प्रकाशमानको उद्घोष : ‘ब्याक’ हुनका लागि उम्मेदवारी घोषणा गरेको होइन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू सभापपतिको आकांक्षीबाट पछि नहट्ने बताएका छन् । चाक्सीबारीस्थित आफ्नो निवासमा सञ्चारकर्मीहरुसँग बिहीबार कुरा गर्दैं नेता सिंहले पछि हट्नका लागि आफूले उम्मेदवारी घोषणा नगरेको बताए ।

उनले महाधिवेशन कार्यतालिका अनुसार आफूले उम्मेदवारी दर्ता गर्ने बताउँदै महाधिवेशनका प्रतिनिधिले बाँकी कुरा तय गर्ने बताए । नेताहरुले छलफल गरौं भनेको र आफूले न्याय पाउनुपर्छ भनेको उनले बताए ।

यसअघिको महाधिवेशनमा पनि ब्याक भएको भन्दै उनले यो पटकको महाधिवेशनमा आफू ब्याक हुनुपर्ने कुनै कारण नभएको बताए । ‘१३ औं महाधिवेशनमा म ब्याक भएको हो नि सभापति र महामन्त्रीबाट’ उनले भने ।