प्रकृति लम्सालको अन्तिम संस्कार गरियो

प्रकृति लम्सालको अन्तिम संस्कार गरियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा शंकास्पद मृत्यु भएकी प्रकृति लम्सालको रुपन्देहीस्थित स्वर्गद्वारी घाटमा अन्तिम संस्कार भएको छ ।

उनको बुवा लगायतका अभिभावक अर्को उडानबाट बुटबल आउन ढिलो भएको कारण शवलाई भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा राखिएको थियो ।

उनको पार्थिव शरीर भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पुर्‍याइएको थियो । शव यात्रामा सिद्धार्थनगरका सर्वसाधारणका साथै केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी पनि सहभागी थिए । उनलाई हजुरबुबा देवनाथ लम्सालले मुखाग्नि दिएका थिए । उनको पार्थिक शरीर बुधबार उडिसाबाट बुटबल ल्याइएको थियो ।

२०६१ असार ४ गते भैरहवामा जन्मिएकी लम्सालको गत आइतबार विश्वविद्यालयमा मृत्यु भएको हो । उनको शरीर केआईआईटी छात्रावासमा झुण्डिएको अवस्था भेटिएको थियो ।