ट्राफिकका डिआईजी अर्याल नै चोरीको गाडीमा ? के प्रहरी कानुनभन्दा माथी हो ?


काठमाडाैं– नेपाल प्रहरीका डिआईजी प्रकाश अर्यालले नै चोरीको गाडी प्रयोग गरेको खुलासा भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुख समेत रहेका डिआईजी अर्यालले चोरीको गाडी चढ्ने गरेको भन्दै हेलो सरकारमा समेत उजुरी परेको छ ।

चोरीका गाडीहरु नियन्त्रण गर्ने जिम्मेवारी वोकेको ट्राफिक प्रहरी महाशाखाका प्रमुख नै चोरीको गाडीमा चढेको खुलासा भएपछि उनि आलोचित भएका छन् । अर्यालले बा ११ च ५०४६ र बा ५ च १५४ नम्बरका  चोरीका दुई गाडीहरु प्रयोग गरेका छन् । कागजात नभएका गाडीहरु प्रक्राउ गरेपछि प्रहरीले नक्कली नम्बर राखेर चोरीका गाडीहरु प्रयोग गरेको यो भने नया घटना होईन ।

डिआईजी अर्यालले ट्राफिकबाट आफन्त र राजनितिक दलका नेताहरुलाई समेत बेला वखत तिनै चोरीका गाडी ड्राइभरसहित पठाउने गरेको ट्राफिक स्रोतको दावी छ । काठमाण्डौ उपत्यकामा ट्राफिक जामको समस्या बढेको भन्दै गुनासो आएको चार महिना पुरा भइसक्दा पनि अर्यालले कुनै काम गर्न नसकेको आरोप उनिमाथी छ ।

आफै सडकमा गएर चेक जाच गरेर चर्चामा आउन खोज्ने बाहेक अर्यालले ट्राफिक जाम घटाउने वैज्ञानिक उपायबारे भने उनले कुनै पहल गरेका छैनन् । विगतमा सुन काण्डको आरोप समेत लागेका अर्याल अख्तियार प्रमुख लोकमानसिंह कार्की निकट प्रहरी अधिकृत मानिन्छन् ।

यसअघिका ट्राफिक महाशाखा प्रमुख डिआईजी जयबहादुर चन्दले पनि तिनै चोरीका गाडी चढ्ने गर्थे । उनले पनि नेतादेखी व्यापारीसम्मलाई तिनै चोरीका गाडीहरु उपलव्ध गराएर खुसी पार्ने गरेको उनि निकट स्रोतको दावी छ । सर्वसाधारणले चोरीको गाडी प्रयोग गर्दा कानुनी कार्वाही गर्ने प्रहरीले आफैले चोरीको गाडी चढ्नुले प्रहरीलाई जे गरे पनि कानुन लाग्दैन हो भन्दै हेलो सरकार र सर्तकर्ता केन्द्रमा परेको उजुरीमाथी छानविन होला ?

प्रतिक्रिया दिनुहोस
Advertisement