काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको ‘सिमा सबन्धि विवादास्पद अभिव्यक्ति’ रेकर्डबाट हटाउन माग गरेको छ ।
संसदको बैठकमा उपस्थित भएर प्रधानमन्त्री शाहले दिएको आफ्नो विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाका सांसद प्रमेश हमालले चेतावनी दिए।
‘हामीले भनिरहेका छौं यो संसदको रेकर्डबाट, अभिलेखबाट यो शब्द हटाइयोस्, यतिका दिन भइसक्यो तर प्रतिफल अपेक्षित आएको छैन, त्यसैले हामीले विरोध जारी राख्नुपरेको छ’, उनले भने, ‘हामीले विरोधको यो रूप यसैगरी गर्नुपर्ने हो कि परिवर्तन गर्नुपर्ने हो, सभामुखले यथाशीघ्र रुलिङ गर्नुपर्छ ।’




प्रतिक्रिया