जनकपुर विमानस्थलमा तोडफोड गर्ने सांसद प्रमोद साह रिहा


जनकपुरधाम – जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा पक्राउ परेका सांसद प्रमोदकुमार साह साधारण तारेखमा रिहा भएका छन् । जिल्ला अदालत धनुषाले सांसद साहलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश तेजनारायण पौडेलको इजलासमा साहविरुद्धको रिटमाथि थुनछेक बहस भएको थियो ।

विमान उडानमा ढिलाइ भएको भन्दै सोमवार जनकपुर विमानस्थलको भीआईपी कक्ष र विमानस्थलस्थित बुद्ध एयरको चेकइन काउन्टरमा तोडफोड गरेको आरोपमा सांसद साह म‌ंगलवार काठमाडौंबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement