महराका स्वकीय सचिव प्रमोद शर्मा दम्पती एमालेमा प्रवेश

महराका स्वकीय सचिव प्रमोद शर्मा दम्पती एमालेमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा एमालेमा प्रवेश गरेका छन् ।

बिहीबार जारी केन्द्रीय कमिटी बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शर्मा र उनकी पत्नी सीतालाई खादा र टिका लगाएर पार्टीमा स्वागत गरेका हुन् । पार्टीबाट असन्तेष्ट रहेका शर्माले दुई दिनअघि मात्रै पार्टी छोडेको घोषणा गरेका थिए ।

शर्मा नेकपा माओवादी केन्द्रको घोराही उपमहानगर कमिटीको अध्यक्ष थिए । अघिल्लो स्थानीय तह निर्वाचनमा उनकी पत्नी सीता घोराही उपमहानगरपालिकामा उपमेयरको उम्मेदवार थिइन् तर पराजित भएकी थिइन् ।