काठमाण्डु – फिल्म ‘परान’ ले देशभरका भन्दा ३० बढी हलमा आफ्नो प्रदर्शनको ५१ औं दिन पुरा गरेको छ। यसै अवसरमा परान टिमले बुढानीलकण्ठस्थित पवित्र समाजसेवा नेपाल आश्रममा न्यानो कपडा वितरण गरेको छ।
चलचित्रका निर्माता रन्जित आचार्यका अनुसार आश्रममा आश्रित ६५ जना अनाथ तथा बृद्धबृद्धाका लागी न्यानो कपडा वितरण गरिएको हो। साथै निर्माता आचार्यले आगामी साता अर्को एक विशेष कार्यक्रमको आयोजना गरिने र उक्त कार्यक्रममा केही विशेष घोषणा पनि गरिने बताए।
निर्देशक दीपकप्रसाद आचार्य ५१ दिनसम्म पनि परानलाई दर्शकले दिएको माया देखाएको बताए ।
फिल्मका निर्माता रन्जित आचार्यले परानले ५१ दिन पुरा गर्दा १८ करोड रुपैंया ग्रस कलेक्सन गरेको जानकारी दिए। योसँगै परानले नेपाली चलचित्रको व्यवसायिक इतिहासमा सर्वाधिक कमाइ गर्ने चौंथो फिल्म समेत बनेको छ।
यस फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविण खतिवडा, बुद्धि तामाङको अभिनय छ।




प्रतिक्रिया