प्रणव मुखर्जीको खुलासाः राजा त्रिभुवनले नेहरूलाई नेपाल भारतको प्रान्त बनाउन प्रस्ताव गरेका थिए

प्रणव मुखर्जीको खुलासाः राजा त्रिभुवनले नेहरूलाई नेपाल भारतको प्रान्त बनाउन प्रस्ताव गरेका थिए


काठमाण्डु – भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीले नेपालका तत्कालिन राजा त्रिभुवन शाहले हिमालय राष्ट्रलाई भारतको एक प्रान्त बनाउन गरेको प्रस्ताव अस्वीकार भएको खुलासा गरेका छन् । स्वर्गीय पूर्वराष्ट्रपति मुखर्जीले तत्कालिन प्रधानमन्त्री जवाहरलाल नेहरुलाई गरेको उक्त प्रस्ताव अस्वीकार भएको ‘द प्रेसिडेन्टियल इयर्स’मा उल्लेख गरेका छन् ।

अध्याय ११ मा ‘मेरा प्रधानमन्त्रीहरूः बिभिन्न शैली, बिभिन्न स्वभावहरू’ शीर्षक अन्तर्गत मुखर्जीले लेखेका छन् ‘यदि इन्दिरा गान्धी नेहरूको स्थानमा भएको भए उनले सिक्किमको जस्तो अवसर पनि लिने थिइन होलान ।’

पूर्व प्रधानमन्त्रीहरू र भारतका राष्ट्रपतिहरूबारे आफ्नो विचार व्यक्त गर्दा उनले थपे, ‘हरेक प्रधानमन्त्रीको आफ्नै किसिमको कार्यशैली हुन्छ । लाल बहादुर शास्त्रीले नेहरू भन्दा धेरै फरक स्थान ओगटे । प्रधानमन्त्रीहरुबीच वैदेशिक नीति, सुरक्षा र आन्तरिक प्रशासन जस्ता मुद्दाहरुमा उही पार्टीबाट आएको भए पनि फरक धारणा हुन सक्छ ।’

मुखर्जीले नेहरूले नेपालसँग धेरै कूटनीतिक व्यवहार गरेको बताएका छन् । उनले नेपालमा राजतन्त्रको राणा शासनलाई प्रतिस्थापित गरेपछि उनी प्रजातन्त्रको जड खोसेको बताएका छन् ।

‘चाखलाग्दो कुरा के छ भने नेपालका राजा त्रिभुवन वीर विक्रम शाहले नेहरूलाई नेपाललाई भारतको प्रान्त बनाउन सल्लाह दिएका थिए । तर, नेहरूले प्रस्ताव अस्वीकार गरे । ‘नेपाल स्वतन्त्र राष्ट्र हो र त्यस्तै रहिरहनु पर्छ भन्ने आधार पनि उनी भन्छन्’, उनले भनेका छन् ।